बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका बडी गार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति

बुधबार, चैत्र ७ २०८०

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका निजी सुरक्षाकर्मी (बडी गार्ड ) झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित उनीहरु पक्राउ  परेका थिए । मेडिकल व्यवसायी प्रसाईंको रिटमाथि सुनुवाइका बेला उनीसहित उनका बडीगार्डहरू सर्वोच्च अदालत गएका थिए । अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले उनीको साथबाट जीएसजी– ५ लेखिएको हतियार, ४ वटा म्यागजिन, १०० राउन्ड गोली बरामद गरेको थियो ।