काठमाडौं । भ्लामिदिर पुटिन पाँचौपटक रुसी राष्ट्रपति निर्वाचित भएका छन्।
तीन दिन चलेको मतदानपछि गएराति शुरु भएको गणनामा ७१ वर्षीय राष्ट्रपति पुटिन पाँचौ पटक राष्ट्रपति पदमा निर्वाचित भएको रुसी समाचार संस्थाले जनाएका छन्।
राष्ट्रपति पदको मतदान सकिएको केही घण्टामै पुटिनले आफूले भारी बहुमतले जित हासिल गरेको भन्दै मतदातालाई धन्यवाद दिएका थिए।
उनले रुसी लोकतन्त्र अमेरिका लगायत पश्चिमा देशहरुको भन्दा उन्नत रहेको समेत दाबी गरे।
त्यहाँको निर्वाचन एजेन्सीले पुटिनको पक्षमा ८७ प्रतिशतभन्दा बढी मत खसेको बताएको छ। साढे ११ करोड मतदाता रहेको रुसमा ६७ प्रतिशत बढी मत खसेको थियो ।