काठमाडौं । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ ।
आईतवार बसेको प्रतिनिधि सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो । बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।
सांसद शर्मा २०७९ सालको निर्वाचन समानपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा निर्वाचित भएकी थिइन् । २०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा शुरु गरेकी ६० वर्षीया उनको चैत्र ४ गते (आज बिहान) काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।