बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो फागु

आइतबार, चैत्र ४ २०८०

काठमाडौं । बसन्तपुर अगाडि विधिवत रुपमा आज बिहान चीर ठड्याएसँगै फागु (होलीपर्व) सुरु भएको छ ।

फागुन शुक्ल अष्टमी (आइतबार) बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।