काठमाडौं । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने भएको छ ।
कार्यदल न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्रीलाई बुझाउन लागेको हो । बिहान साढे ९ कार्यक्रम बुझाइने कार्यदलले जनाएको छ ।
शुक्रबार बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएर शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो । कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले आजको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए ।
साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखेको पौडेलले बताए ।
कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।