काठमाडौं । नेपाली कांग्रेसले एनसेलसम्बन्धी छानबिन समितिको प्रतिवेदन संसद्मार्फत सार्वजनिक गर्न माग गरेको छ ।
शुक्रबार संसद बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले सुन तस्करीसम्बन्धी छानबिन गर्न बनेको तत्कालिन ईश्वर पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन ०७५ सालको सरकारले गायब बनाएजस्तै अहिलेको छानबिन समितिको प्रतिवेदनपनि गायब नहोस भनेर सदनको ध्यानाकार्षण गराए ।
उनले भने,‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ । साँढे तेत्तिस केजी सुन तस्करीबारे छानबिन समिति, इश्वर पौडेलको अध्यक्षतामा जुन गठन भएको थियो, त्यसले ७५२ को पेजको प्रतिवेदन थियो, त्यो गायब गरिएको छ । अहिले पनि ४८५ पेजको प्रतिवेदन आएको छ, यो पनि हराउने काम नहोस । जो दोषी छन्, जो संलग्न छन्, तिनीहरुमाथि सम्पूर्ण रुपले कारबाही होस ।’ उनले देशकै आजसम्मको सबभन्दा ठूलो भ्रष्टाचार काण्ड एनसेल काण्डको प्रतिवेदनपनि सार्वजनिक गर्न माग गरे ।