बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

बिहिबार, चैत्र १ २०८०

काठमाडौं। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार गृह मन्त्रालय पुगेर जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् । आयोगले तयार पारेको प्रतिवेदन ४८५ पृष्ठको छ ।

आयोगको प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताए । उनले दोषीलाई कारबाही र सुधारका लागि सुजाइएका उपायको कार्यान्वयन पनि गर्ने बताए ।
गृहमन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने बताए । उनले सुन तस्करीमा संलग्न जुनसुकै व्यक्तिमाथि कारबाही हुने बताए ।

यस्तै पूर्व प्रतिवेदन, विभिन्न भन्सार कार्यालय, राजस्व न्यायाधिकरण एवं सर्वोच्च अदालतबाट भएका फैसला, विभिन्न मन्त्रालय, विभाग र कार्यालयबाट प्राप्त तथ्यांक एवं सुझाव र अध्ययन सामग्रीहरुको अध्ययन भएको पनि आयोगले उल्लेख गरेको छ ।

विद्युतीय चुरोट र ब्रेक सुमार्फत ल्याइएको सुनसँग जोडिएका व्यक्तिहरूसँग पनि सोधपुछ गरिएको आयोगले जनाएको छ । सुन तस्करीबारे छानबिन गरेर प्रतिवेदन तयार पार्न सरकारले १४ असारमा जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगलाई सुरुमा तीन महिनाको समय दिइएको थियो । तर, अनुसन्धान नसकिएको भन्दै समय मागेपछि सरकारले आयोगको म्याद फागुन मसान्तसम्मका लागि थप गरेको थियो ।