काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् ।
नयाँ सत्ता समिकरण निर्माणमा वाह्य शक्तिको हात नरहेको समेत उनले बताए ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नयाँ सत्ता समिकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको बताएका हुन् । नयाँ सत्ता समिकरण निर्माणको काम मुख्य पात्र प्रधानमन्त्री प्रचण्ड भएको र साथ दिने आफू पनि रहेको अध्यक्ष ओलीको दाबी थियो ।
उनले नयाँ सत्ता समिकरण निर्माणको जस छिमेकी मित्रहरुलाई दिने काम नगर्न पनि काँग्रेसलाई आग्रह गरे ।
उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ क्यार । प्रधानमन्त्री जोसुकै होस । कांग्रेसलाई बसेर कुरा गरौँ न सही रुपमा भनेर भनेको । वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैँ एमालेसँग कुरा चल्दैन रे कांग्रेसको । शेरबहादुर जीलाई फेरि पनि भन्न चाहन्छु । बसौँ न कुरा गरौँ न ।