शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

निसानको म्याग्नाइट एसयुभिको स्मार्ट इडिसन सार्वजनिक

मंगलबार, फाल्गुन २९ २०८०

 

 

नेपालमा निसान गाडीका अधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसान म्याग्नाइटको स्मार्ट इडिसन संस्करण (भेरियन्ट) सार्वजनिक गरेको छ ।
नेपालमा सन् २०२१ मा सार्वजनिक भई नेपाली बजारमा लोकप्रियता पाएको यो ‘बिग’, ‘बोल्ड’, ‘ब्युटिफुल’ र ‘कारिज्माटिक’ एसयुभि—निसान म्यागनाइट—अब नयाँ स्मार्ट÷नवीनतापूर्ण आरामदायी सुविधाहरूसहित उपलब्ध भएको हो । निसान म्याग्नाइट स्मार्ट इडिसन, मार्च महिनाभरी खरिद गर्दा विशेष छुटका साथ आकर्षक मूल्यको लाभ लिन सकिन्छ । यस गाडीको खरिदमा ग्राहकहरूले विभिन्न लाभहरू समावेश गरी ३ लाख १६ हजार १९६ रुपैयाँसम्मका फाइदाहरू प्राप्त गर्न सक्नेछन् । यी सुविधाहरूमा केही नियम र सर्तहरू लागू हुनेछन् ।

निसान म्याग्नाइट स्मार्ट इडिसनमा अतुलनीय मनोरञ्जनको लागि नयाँ ८ ईन्च टच स्क्रिन नेभिगेसन डिस्प्ले उपलब्ध छ । साथै यसमा ढुक्कले ड्राइभिङ गर्न सक्षम बनाउने फग लाइटहरू समावेश गरिएका छन् । स्मार्ट एल.इ.डि. डि.आर.एल.ले कारको डिजाइनमा सुन्दरता थपेको छ । कम्पनीका अनुसार एलोय ह्विल, मस्कुलर लाइनहरू र डायनामिक स्टाइल डिजाइनले गर्दा यो गाडी हरेक कोणबाट साँच्चिकै आकर्षक र बोल्ड देखिन्छ । वायरलेस चार्जर भएकोले, ड्राइभको आनन्द लिँदै, सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ ।

निसान मोटर साउथ एसिया बिजनेस युनिटका प्रमुख रघुनाथ नैरलेले निसान म्याग्नाइट स्मार्ट इडिसन गाडीले निसानको निरन्तर इनोभेसन(नवप्रवर्तन)द्वारा ग्राहकलाई समृद्ध ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यलाई झल्काउने बताए । यस्तै पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले नयाँ म्याग्नाइट स्मार्ट इडिसन, स्मार्ट, सरल र आधुनिक अनुभव खोज्ने नेपाली उपभोक्ताहरूका लागि उपयुक्त रहेको दाबी गरे । निसान म्यागनाइट एएमटि चाँडै नै देशव्यापी रुपमा उपलब्ध हुने तयारीमा रहेको छ । यस्तै कम्पनीले निसान सोरुममा सम्पर्क गरी यो नयाँ एएमटि भेरियन्टमा ड्राइभिङ अनुभव लिन पनि सकिने जनाएको छ ।

कम्पनीका अनुसार निसान म्याग्नाइट स्मार्ट इडिसन, देशव्यापी विभिन्न निसान डिलरसिपहरूमा उपलब्ध छ । पायोनियर मोटो कर्पले सम्पूर्ण ग्राहकहरूलाई आफ्नो नजिकको निसान सोरुममा सम्पर्क गरी यो नयाँ इडिसनको अनुभव गर्न र नयाँ योजनाका छुट र फाइदाहरूको लाभ लिन आग्रह समेत गरेको छ । पायोनियर मोटो कर्पले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।