बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै

मंगलबार, फाल्गुन २९ २०८०

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन आज हुँदैछ ।

बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।

अध्यक्षका लागि नेपाली कांग्रेसबाट युवराज शर्मा र सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो ।