काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।
यता कांग्रेसबाट शर्माको प्रस्तावका आनन्दप्रसाद ढुंगाना रहेका छन् भने समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन्।
शर्मा बाँकेका पुराना नेता हुन्। विपक्षी गठबन्धनमा कांग्रेसका १६ तथा लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी राष्ट्रिय सभामा १८ सदस्य छन्।
दिउँसो साढे १ बजे नामावली प्रकाशनको तालिका तय गरेको छ। मंगलबार बिहान बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्ष चयनको प्रस्ताव निर्णयार्थ पेस हुनेछ।
संवैधानिक आयोगका पदाधिकारीहरुको सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य रहने भएकाले पनि राष्ट्रियसभाको अध्यक्ष राजनीतिक खिचातानीको विषय बनेको हो।