बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

राष्ट्रिय सभाध्यक्ष निर्वाचन : आज मनोनयन दर्ता, भोलि मतदान

सोमबार, फाल्गुन २८ २०८०

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ । संघीय संसदले निकालेको निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा दाबी गर्ने उम्मेदवारको मनोनयन दर्ता गरिने तालिका रहेको छ ।

सचिवालयका अनुसार बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ । अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ ।

नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने सहमति भएको छ । वर्तमान सत्ता गठबन्धन दलले राष्ट्रियसभा अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले उम्मेदवार उठाउने सहमति गरेका छन् ।

यसअघि तत्कालीन गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने अघोषित सहमति थियो ।

पूर्व-सहमतिअनुसार नै कांग्रेस नेता सिटौला राष्ट्रिय सभामा आउन इच्छुक भएका थिए । तर, गत सोमबार एकाएक गठबन्धनमा फेरबदल भएसँगै अब सिटौलाको अध्यक्ष बन्ने सम्भावना टरेको छ । उनी पार्टीबाट राष्ट्रियसभा संसदीय दलका नेता बनेका छन् ।