बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल

आइतबार, फाल्गुन २७ २०८०

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका एक पदाधिकारीले दिएको जानकारीअनुसार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो ।

उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् । नारायणको कार्यकाल चार वर्षको रहेको छ । राष्ट्रिय सभाको निर्वाचन फागुन २९ का लागि तोकिएको छ ।

उम्मेदवारी मनोनयन दर्ता भने सोमबारका लागि तोकिएको छ राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।