बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

आइतबार, फाल्गुन २७ २०८०

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेबी आकासे पुल नजिकै सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रेपलान्चोक बनेपा नगरपालिका–७ धनेश्वर बस्ने ४० वर्षीय मणिराज घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–७ धमौलीस्थित सडकमा फुलिकाबाट तौलिहवातर्फ जाँदै गरेको युपि ५५ ए ४८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका–३ धमौली बस्ने २६ वर्षीय महोम्मद हारून मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा रूपन्देहीतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।