बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ

आइतबार, फाल्गुन २७ २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।

पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको थियाे ।

लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले उनलाई  ढाेकामै मुक्काले हानेका थिए ।

बैठकमा महामन्त्री विक्रम पाण्डे र श्रेष्ठबीच चर्काचर्की भएको थियो । बैठक स्थगन गरेर खाना खान निस्कनेक्रममा पाण्डेका समर्थकले श्रेष्ठलाई लखेटेर कुटेका हुन् । अध्यक्ष लिङ्देनकै कार्यकक्ष बाहिर भएको घटनालाई राप्रपाले संवेदनशीलरूपमा लिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

अहिले नेताहरू घटनाको सीसीटीभी फुटेज हेरिरहेका छन् । प्रवक्ता श्रेष्ठले घटनाको पार्टीले छानविन गरेर दोषीलाई कारवाही गर्ने बताए ।

पार्टीको आन्तरिक एजेण्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो ।