बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारको टुंगो लगाउने

आइतबार, फाल्गुन २७ २०८०

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकले मंगलबार हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने छ ।

यसअघि फागुन १६ गते बसेको पार्टीको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

अध्यक्षको उम्मेदवारमा माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहालको नाम चर्चामा छ।

संसदीय दलको हिजो बसेको बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभामा माओवादी केन्द्र राष्ट्रिय सभाको ठूलो पार्टी हो । माओवादीका राष्ट्रिय सभामा उपाध्यक्षसहित १७ सांसद छन् । दोस्रो दल कांग्रेसका १६ सांसद छन् । त्यस्तै, एमालेका १०, एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टीका ३ सांसद छन् ।

राष्ट्रिय सभामा लोसपाका १, राष्ट्रिय जनमोर्चाका १ र मनोनित २ सांसद रहेका छन् । राष्ट्रिय सभामा वामदेव गौतम र नारायण दाहाल मनोनित सांसद हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिएको थियो ।