बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला

शनिबार, फाल्गुन २६ २०८०

काठमाडौं – नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत भएका छन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् ।

निजी सचिव केशवराज जोशी देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको जानकारी दिए ।