बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

अन्तर्राष्ट्रिय महिला दिवसकै दिन गायिका समीक्षा अधिकारीले लेखिन् भावुक स्टाटस

शुक्रबार, फाल्गुन २५ २०८०

काठमाडौं । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस देशविदेश भर विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।

यसैदिन गायिका समीक्षा अधिकारीले एक भावुक स्टाटस लेखेकी छन् । उनले आफ्नो चेतना आएदेखि नै समाजले विभेदपूर्ण व्यवहार गरेको टिप्पणी समेत गरेकी छन् गरेकी छन् ।

शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै अधिकारीले भनेकी छन्, तर, आफूले कहिल्यै हिम्मत नहारेको उल्लेख गरेकी छन् ।

आजभोलि आफूले आफूलाई लडाकुजस्तै ठान्ने उनको भनाइ छ ।

‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक-पटक पार्‍यो । धेरैपटक मार्‍यो,’ उनले लेखेकी छन्, ‘तर पनि उठेँ । हिम्मत हारिनँ । हार्ने पनि छैन । आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ ।’

अन्याय जति सह्यो उति हेपिनुपर्ने अवस्था आएको पनि उनले बताएकी छन्। अन्यायविरुद्ध लड्ने तागत महिलाहरूमा आओस् भन्ने उनले शुभकामना समेत दिएकी छन् ।

‘मेरो परिवारको धेरै ठूला सपनाहरू थिएनन् । छैनन् पनि । साँघुरो सपनाहरूबाट फैलिन चाहानु मेरो के गल्ति थियो र ? म त पखेटा फिँजाएर उड्न चाहान्थेँ । तर बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए,’ उनले लेखेकी छन् ।