मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सदनमा प्रमुख प्रतिपक्षकाे भूमिकामा रचनात्मक बन्ने नेपाली कांग्रेसको निर्णय

बिहिबार, फाल्गुन २४ २०८०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ ।

‘प्रधानमन्त्री पुपष्कमल दाहालजीले हामीलाई विवासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं ।’

साथै कांग्रेसले संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको निष्कर्ष निकालेको छ।