मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सुदूरपश्चिम सरकारबाट बाहिरियो एकीकृत समाजवादी, अल्पमतमा मुख्यमन्त्री शाह

बिहिबार, फाल्गुन २४ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पनि बाहिरिएको छ ।

केन्द्रमा एमाले सहितको नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा गएको समाजवादी प्रदेश सरकारबाट बाहिरिएको हो ।

समाजवादीकातर्फबाट आर्थिक मामिला मन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् ।

शाहीको उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेशसभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्ने जनाएको छ ।

माओवादी केन्द्रले यसअघि बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।