शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष महर्जनको निधन

बिहिबार, फाल्गुन २४ २०८०

काठमाडौं । कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे ।

क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो ।

६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर– १ को अध्यक्षमा निर्वाचित भएका थिए ।