बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

विश्वकप टी २० मा क्रिकेट टिमको तयारीका लागि ५ करोड बिनियोजन

बुधबार, फाल्गुन २३ २०८०

काठमाडौं – अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारी गर्न नेपाली टीमलाई सरकारले ५ करोड दिएको छ ।

आउदो जुनमा आयोजना हुने टी-२० विश्वकप २०२४ को तयारीका लागि सरकारले बुधबार नेपाली क्रीकेट टीमको लागि ५ करोड बजेट निकासा गरेको हो ।

नेपाल क्रीकेट संघ (क्यान) ले ऐतिहासिक कदम चालेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङलाई धन्यवाद भएको छ ।

नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो ।

टी–२० विश्वकपमा नेपाल समूह ’डी’ छ। नेपाल रहेको समूहमा बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन् ।