मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मधेश केन्द्रित दलसँग देउवाको वार्ता, शेखर र गगन पनि साथमा

बुधबार, फाल्गुन २३ २०८०

काठमाडौं – मधेश केन्द्रित दलका नेताहरू बूढानीलकण्ठ पुगेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका छन् ।

नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधूप बढाएका देउवासँग भेटेर उनीहरूले छलफल गरिरहेका हुन् ।

देउवा निवास बूढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायत नेताहरू छलफलमा छन् ।

बैठकमा कांग्रेसका नेताहरू डा. शेखर कोइराला र गगन थापा, रमेश लेखक पनि सहभागी छन् ।