बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए सपथ

सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुलाई सपथ गराएकी हुन् ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यलाई सभाको प्रतिक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे।

सभामा यही फागुन २० गतेदेखि कार्यकाल सकिने १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।