काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी वर्तमान सत्ताकेन्द्रित चलखेलमा सामेल नभएको स्पष्ट पारेका छन्। वर्तमान सत्तागठबन्धनमा खटपट सुरु भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन, अवस्था परिवर्तन हो,’ उनले भने, ‘र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो। राप्रपा अहिले यही बाटोमा छ।’
उनले लेखेका छन्–
राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन।
वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको आवश्यकता हो।
राप्रपा अहिले यही बाटोमा छ।