काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।
उच्च स्रोतका अनुसार प्रचण्डले सबै मन्त्रीलाई आजै पदबाट हटाएर नयाँ मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।
एमाले निकट स्रोतका अनुसार प्रचण्डले आजै एमाले, रास्वपा र जसपालाई समेटेर ४ जना मन्त्री नियुक्त गर्नेछन् । आज नियुक्त हुने चारै मन्त्रीले आजै शपथ लिनेछन् ।
आजै एमाले र रास्वपाले आकश्मिक बैठक बसेर नयाँ समिकरणमा जाने निर्णय गरेका थिए भने पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न जनता समाजवादी पार्टीले पनि छलफलमा जुट्दैछ ।