मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एमाले, रास्वपासहितको नयाँ समीकरणको टुंगो, आजै सरकार गठन

सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ समीकरणसहित आज सरकार गठन हुने दाबी गरेका छन् ।

उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमार्फत नयाँ समीकरण बन्ने र आजै सानो मन्त्रिपरिषदले सपथ लिने दाबी गरे ।

यसैबीच सबै पार्टीहरुले सोमबार बिहानै आआफ्नो पार्टीमा छलफल गरेका छन् ।

सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले, रास्वपा र राप्रपा पनि सरकारका सामेल हुने भएको छन । अन्य दल पनि सरकारमा सहभागी हुने गृहकार्य भइरहेको छ ।

हिजो राति प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । टीआरसीको विषयमा छलफल भएको भनिए पनि मुख्य विषवस्तु सत्तासमीकरण रहेको थियाे ।

हिजोको विकासक्रमपछि आज बिहानैबाट कांग्रेसबाहेक सबै दलहरू आन्तरिक बैठकमा जुटेका थिए । जसका कारण आज बिहान बस्ने भनिएको सत्ता गठवन्धनको बैठक स्थगित हुन पुगेकाे थियाे ।

बालकाेटमा एमालेकाे सचिवालय बैठक बसेकाे थियाे । सचिवालय बैठक सकेर बालुवाटार एमाले अध्यक्ष  केपी शर्मा ओली बालुवाटार लागेका छन् । पछिल्लो समय बढेको राजनीतिक सरगर्मीले माहोल तातेको अवस्थामा नयाँ समीकरणसहित सरकार बन्ने निश्चित भएसँगै उनीहरुबीच छलफल हुन लागेको हो ।

आज बिहान बसेको रास्वपा पार्टीको बैठकले विकसित र सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिइसकेको छ ।

महामन्त्री मुकुल ढकालका अनुसार आज बिहान बसेको पार्टीको बैठकले सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने अधिकार सभापति लामिछानेलाई दिइएको हाे।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउनेबारे पनि सहमति गर्नु पर्ने भएकाले सभापतिलाई त्यसको अधिकार दिएको ढकालले बताए ।