मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बालकोटमा एमाले सचिवालयकाे आकस्मिक बैठक

सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक बसिरहेको छ ।बिहान ७ बजेदेखि पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर सत्ता गठबन्धनमा आएको संकटसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बसेको हो ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग सम्बन्धी ९टिआरसी० विधेयकको विषयमा पनि छलफल भइरहेको बताएको छ । विधेयकको संशोधन मस्यौदा प्रतिवेदनका विषयमा पनि छलफल हुने बताइएको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक स्थगित गरेका छन् । सोमबार विहान बस्ने भनिएको सत्तागठबन्धनको बैठक स्थगित गरेर प्रचण्डले एमालेसहितका दलसँग छलफल गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।