बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिकोणात्मक टी–२० आई सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

आइतबार, फाल्गुन २० २०८०

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ । खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ ।

शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएर फाइनल पुगिसकेको छ ।

चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४–४ अंक छ ।

तेस्रो स्थानमा रहेको नामिबिया र पहिलो स्थानमा रहेको नेदरल्याण्ड्सबीचको खेलबाट जित्ने टिमले मंगलबार नेपालसँग फाइनल खेल खेल्नेछ ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यानले) आजको खेल दर्शकका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकले टिकट काट्न नपर्ने जानकारी क्यानले सामाजिक सञ्जालमार्फत गराइसकेको छ । यसअघि भएको सिरिजको सबै खेल प्रत्यक्ष हेर्न दर्शकहरूले टिकट लिनुपर्ने व्यवस्था थियो ।