मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने

शनिबार, फाल्गुन १९ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् ।

शुक्रबारदेखि शुरू भएको लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले प्रदेशसभालाई सम्बोधन गर्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए ।

तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको प्रदेशसभा सचिवालयका सचिव पुनमगरले बताए ।