काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छन ।
हिजो सोमबार २ सय रुपैयाँ सस्तिएको सुन मंगलबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज १५ रुपैयाँले सस्तो भएको छ। सोमबार १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको चाँदी १ हजार ३ सय ८० रुपैयाँमा झरेको हो।