शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बढ्यो सुन र चाँदीको मूल्य

आइतबार, फाल्गुन १३ २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
योसँगै छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ आज प्रतितोला ५ रुपैयाँले महंगो भएको छ। योसँगै चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

गत शुक्रबार छापावाल सुन १ लाख १८ हजार, तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० र चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।