शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज डलर र पाउण्डको मूल्य घट्यो

बुधबार, फाल्गुन ९ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले  आज २०८० साल फागुन ९ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।