काठमाडौं । क्यानडा ११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ ।
मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।
क्यानडा ११ का लागि श्रेयास मोभ्भाले अर्धशतक प्रहार गरे । उनले ६८ रन जोड्दा नवनित दलिवालले ४६, आरोन जोनसोनले ३६ तथा श्रीमन्था विजयरत्नेले ४१ र डिलोन हेलिगले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका साहब आलम र रासिद खानले समान तीन तथा शेर मल्लले २ तथा सागर ढकाल रबसिर अहमद समान १ विकेट लिए ।
यसअघि आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।