मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

६४ किलो गाँजासहित एक जना पक्राउ

बुधबार, माघ २४ २०८०

मनहरी गाउँपालिका–७ रमौली बस्ने ४५ वर्षीय जगत बहादुर प्रजालाई अवैध लागूऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।