मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

बुधबार, माघ २४ २०८०

पोखरा महानगरपालिका–८ नागढुङगास्थित सोही महानगरपालिका–१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा कडेल समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।