मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आगलागी हुँदा मुगुमा दुई बालकको मृत्यु भएको आशंका

सोमबार, माघ २२ २०८०

मुगु । आइतवार राति आगलागी हुँदा एकै घरका २ जना बालकको मृत्यु भएको आशंका छ ।

मुगु जिल्ला खत्याड गाउपालिका वडा न २ गाडेखोला गाउँको एक घरमा राति आगलागी हुँदा २ जना बालक बेपत्ता भएको र घर जलेर खरानी भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार राति बालबच्चा सहित आमा सरस्वती सन्ज्याल छोरा वर्ष १४ को विशाल सन्ज्याल र छोरी वर्ष १२ कि झरना सन्ज्याल घरको गोठमा सुतेका थिए । बालेर राखेको आगोले गोठमा आगो लाग्दा आमा बाहिर निस्कन सफल भए पनि २ छोरा र छोरी सहित चार गाइगोरु जलेका थिए ।

घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटना स्थलमा पुगेर स्थानियहरुको सहभागितामा आगो नियन्त्रण प्रयास गरिरहेको छ । सोमवार विहानसम्म पनि आगो नियन्त्रणमा आएको छैन ।