मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिबार, माघ २० २०८०

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका वडा नं २ ढाकाबाङको खोलाखर्कमा लु१ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परेर मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं २ निवासी देवा बेल्वासे र सन्धिखर्क नगरपालिका वडा नं ८ निवासी जेमकला आचार्य रहेको प्रहरीले जनाएको छ ।

उपल्लो ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप आज बिहान ७ बजेको आसपासमा दुर्घटना भएको हो ।

पणेनाकी कोपीला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् । उनीहरुको अहिले अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।