काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ ।
साताको पहिलो दिन आइतबारदेखि साताको अन्तिम कारोबारका दिन शुक्रबारसम्म सुनको मुल्य १५ सय रुपैयाँले बढेको हो ।
साताको पहिलो दिनदेखि बढ्दै गएको सुनको मुल्य आज शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा करोबार भएको सुनको मूल्य साताको पाँचौ दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा करोबार भइरहेको छ । यससाता सुनको मुल्य १५ सय रुपैयाँले बढेको छ ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।