काठमाडौँ – कुनै बेला नेकपा माओवादी केन्द्रले बलियो पकड बनाएको काभ्रेपलाञ्चोक जिल्लाको कोशिपारी स्थित चौरीदेउराली गाउँपालिकामा नेकपा एमालेले माओवादीको किल्ला ढाल्दै आफ्नो वर्चस्व कायम गरेको छ । चौरीदेउरालीमा वर्चस्व कायम गर्ने माओवादी केन्द्रका बरिष्ठ नेता, सांसद एवं राजदूत समेत भैसकेका स्वर्गीय कमानसिंह लामाका भाइ र छोराहरुसहित माओवादी जिल्लास्तरीय ४५ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेसँगै चौरीदेउरालीमा माओवादी केन्द्रको वर्चस्व गुम्दै गएको हो ।
बिहिबार बनेपा स्थित नेकपा एमाले पार्टी कार्यालयमा पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री रेशम लामा, पुर्व सांसद तथा केन्द्रिय सदस्य नविना लामासहितका नेताको बाक्लो उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरि नव प्रवेशी नेता कार्यकर्ताहरुलाई स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा अधिकांश नेता कार्यकर्ताहरु तत्कालीन जनमोर्चा पृष्ठभूमिका हुन् । जस्मा माओवादी कार्यकर्ताहरु सविनकुमार भुजेल, सफलकुमार गौतम, उज्जवल पाठक, लक्ष्मण पाठक, सुरेश गौतम, प्रतिक भुजेल, सुमन भुजेल, प्रकाश श्रेष्ठ, कार्साङ्ग लामा, मनोज भुजेल, सुजित गौतम, कमल भुजेल, नवराज पाठक, सोमनाथ काफ्ले, लिला लामा, सुप्रिया लामा, सक्षम लामा, सरुना लामा, सनिल लामा, जमुना लामा, रामकुमार गजमेर, रामबहादुर गजमेर, अजय लामा, सन्दिप भुजेल, प्रदिप पाठक, नवराज गौतम, प्रकाश चौलागाई लगायत छन् ।
कोभिड संक्रमणका कारण निधन भएका स्वर्गीय कमानसिंह लामा जीवनको पछिल्लो कालखण्डमा माओवादी केन्द्रका नेताहरुले आर्थिक शोषणबाट पीडित भएको बताईन्छ । जिवनभर पार्टीका निम्ति निस्वार्थ भावमा खटिदा पनि आफ्नै पार्टीका नेताहरुबाटै शोषित हुनु परेकाले उनका भाइ ज्ञानु लामा,अवतार लामा तथा छोराहरु दोर्जे लामासहित एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरु चुडामणी गौतम, ठाकुर बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उपसचिव राजकुमार सापकोटा, पुर्व उप सचिव रिता ढकाल, सचिवालय सदस्य नारायण गौतम, विक्रम चौलागाई लगायतका विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेकोका थियो ।