मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

व्यवसायी अरुण चौधरी पक्राउ

बिहिबार, माघ १८ २०८०

काठमाडौं । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

उनलाई बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा आज पक्राउ गरिएको सीआइबी स्रोतले बतायो ।

छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको भनिएको छ ।