काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र जनयुद्धमा ज्यान गुमाउनेको अपमान गर्नेहरुको पार्टी कार्यकर्ताले प्रतिवाद गर्न उक्साएका छन् ।
शनिबार शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले माओवादी जनयुद्धमा ज्यान गुमाउनेहरुको खुलेआम अपमान हुँदा पनि कार्यकर्ताहरु टुलुटुले हेरिरहेको टिप्पणी गर्दै उनले हामीले प्रतिवाद नगर्ने ? कोही नलेख्ने, कोही नबोल्ने ? कस्ता भयौँ त हामी ? हिजो भए हामी सहन्थ्यौँ त ? के गर्थ्यौँ हिजो भए ? कस्तो प्रतिवाद गर्थ्यौँ ?’ भनेर प्रश्न गरे ।
सशस्त्र युद्धमा माओवादीबाट १७ हजार मानिस मारिएका भन्ने भाष्य बनाउन खोजिएको भन्दै उनको आक्रोस पोखे । उनको आक्रोश आफूलाई हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन् तर कार्यकर्ताहरूले केही गर्न सकेनन् भन्ने थियो । उनले भने, ‘हामीलाई हत्यारा भन्नेहरू खुलेआम हिँडिरहेका छन्, तीनलाई ठाउँ ठाउँ किन दिन सकेनौँ ?’
गत महिना ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवक मृत्यु भएको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको विरोध प्रदर्शनमा सांसद डा. तोसिमा कार्कीले १७ हजार प्लस दुई लेखिएको ब्यानर बोकेकी थिइन् । सम्भवत साेही कुरालाई लिएर प्रधानमन्त्री यस्ताे अभिव्यत्ति दिएका हुन् ।
केही दिन अघि मात्र युगाण्डाबाट नेपाल फर्किदै गर्दा पनि प्रचण्डले जागिर खाने नाममा जहाँ पायो त्यहीँ जाने तरिका ठिक नभएको समेत बताएका थिए । उनले नेपालीहरूलाई जथाभावी विदेश नजान घुमाउरो चेतावनी समेत दिएका थिए । ‘जागिर भन्दैमा जहाँ पायो त्यहीँ नजानू,’ उनले भनेका थिए। मानिसहरू किन विदेशिन बाध्य छन् रु भन्नेतिर नगई उहाँले जथाभावी विदेश नजान चेतना फैलाउन आवश्यक रहेको सुनाए।
‘सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने स्थिति छैन’ प्रधानमन्त्री प्रचण्डले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न घुमाउरो चेतावनी दिएका थिए ।
‘भारत र इंग्ल्याण्डबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति सरकारको छैन ।’ उनले भनेका थिए ।