मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मृत अवस्थामा फेला

शुक्रबार, माघ १२ २०८०

मोरङको ग्रामथान गाउँपालिका–७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ सेती नदीको किनारमा सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारू बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित ओख्लेको जङ्गलमा कुश्मा नगरपालिका–३ दुर्लुङ सल्यान बस्ने ३९ वर्षीय बिष्णु कामी बिहीबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–४ वाङगेश्वरास्थित जंगलमा सोही गाउँपालिका–७ चाङसिङ बस्ने ८१ वर्षीय झक बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।