मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

टिपरले ठक्कर दिँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, माघ १२ २०८०

काठमाडौं । गएराति भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एस.एस चोक नजिक टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा राति ९ बजेर ५३ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ घर भई हाल बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।