मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

काठमाडौंमा याे वर्षकाे अहिलेसम्मकै कम तापक्रम मापन

शुक्रबार, माघ १२ २०८०

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । अघिल्ला दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो ।

यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि विहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको विभागले जनाएको छ । अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको ।

सबैभन्दा कम तापक्रम जोमसोमको रहेको विभागले जनाएको छ । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको विभागले बताएको छ। यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।