काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ छ भने गोलभेँडा सानो लोकलको २५ रुपैयाँ रहेको समितिले जनाएको छ ।
आज रातो आलुको मूल्य प्रतिकेजी ३३ रूपैयाँ निर्धारण गरिएको छ । त्यस्तै भारतीय सुकेको प्याजको अधिकतम मूल्य ८० रूपैयाँ प्रतिकेजी तोकिएको छ । काउली स्थानीयको ५०, लौकाको ७०, सलगमको ८०, तोरीको सागको ५०, अनारको ३०० रुपैयाँ रहेको छ ।