काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन् ।
मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो भनेका हुन् ।
भण्डारीले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताउँदै भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने समेत बताए । उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिव राखेर झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिव भएको बताए ।
उनले भने, ‘हाम्रो देशमा राजनीति गर्ने नेताहरु जो हुनुहुन्छ । म आदर गर्दछु । उहाँहरुले समयमा आफ्नो बेलामा काम गर्नुभयो । तर अहिले मुलुक चलाउन सक्नुभएन । त्यसकारण भाषण गर्नेहरुले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ ।’
उनले नेताहरुको विकासमा बुद्धि नपुर्याएको समेत बताए । विज्ञहरु, संवैधानिक निकायमा बसेका व्यक्तिहरु र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिव राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिव भएको उनको भनाइ थियो ।
उनले भने ‘यो देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारीहरु, ठूलाबडा लामो समय राजनीतिक गरेकाहरु धेरैजसो जेलमा भेटिन्थे ।’
नेता भण्डारीले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताए ।