मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सप्तरी राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यास हुँदै  

जनमतले भन्याे : शान्ति सुरक्षा भंग गर्नु षड्यन्त्रपूर्ण

सोमबार, माघ ८ २०८०

राजविराज । जनमत पार्टीको विरोधकाबीच आज सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास हुँदै छ ।

राजविराज नगरपालिका १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास हुन लागेको छ ।

आज जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा भवन शिलान्यास गर्ने तयारी छ ।

शिलान्यासका लागि जसपाका नेता कार्यकर्ता, मधेशका मुख्यमन्त्रीसहित जसपाका मन्त्रीहरु राजविराज पुगेका छन् ।

राष्ट्रिय सभाको मुखमा निर्वाचन आचारसंहिता विपरीत, मधेश सरकारको शिक्षा मन्त्रालयको आधिकारिक निर्णय विपरीत, सिनेट र वैधानिक प्रक्रियाको विपरीत, शान्ति सुरक्षाको विपरीत, जनताले चलाइराखेको आन्दोलनको विपरीत, जनताको चाहनाको विपरीत भएर पनि यो गैरकानूनी गैरवैधानिक कार्यक्रम स्थगन गर्नुको साटो प्रहरी प्रशासनले (सिडिओ, एसपीले) जबरजस्ती सेना र प्रहरी लगाएर जसपा अध्यक्षद्वारा नै शिलान्यास गराउने षड्यन्त्र रच्नु, सप्तरीका जनतामाथि दमन गर्नु, सप्तरीको शान्ति सुरक्षा भंग गर्नु षड्यन्त्रपूर्ण रहेको आभाष हुन्छ। सप्तरीमा दंगा फैलाउनका लागि नै यो सब भइरहेको स्पष्ट भइराखेको छ।’ जनमतले बताएको छ ।

यता जनमतका अध्यक्ष डा. सिके राउतले चर्को विरोध गर्दै आएका छन्। जनताबाट तिरस्कृत पात्र (निर्वाचन हारेका) बाट उक्त विश्वविद्यालयको भवन शिलान्यास गराउन नहुने जनमतको अडान छ । जनमत पार्टीले विभिन्न ७ बुँदे माग राख्दै कृषि विश्वविद्यालयमा तालाबन्दी समेत गरेको छ ।

कृषि विश्वविद्यालयलाई कुनै पार्टी विशेषको निजी सम्पत्ति बनाएर भ्रष्टाचार र गैरकानूनी हर्कत भएको भन्दै जनमतले आजदेखि आन्दोलनसहित विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।

यसबारे जनमतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई उक्त शिलान्यास कार्यक्रम तत्काललाई रोक्न आग्रह गरेको थियो । तर, मुख्यमन्त्री यादवले सबै तयारी पूरा भइसकेको र कार्यक्रम रोक्न नमिल्ने जानकारी गराएपछि जनमत आन्दोलनसहित तालाबन्दीमा उत्रिएको हो ।


तालाबन्दीपछि अध्यक्ष राउतले सप्तरीमा आज हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पत्र समेत लेखेका थिए ।
केन्द्रीय सचिव बीपी साहका अनुसार सो पत्र इमेलबाट गृह मन्त्रालय पठाइउको छ भने सप्तरी जिल्ला प्रशासनलाई पनि बोधार्थ दिइएको छ ।

सो विश्वविद्यालय सप्तरीको २ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पर्छ भने सोही क्षेत्र बाट जनमतका अध्यक्ष राउतले जसपा अध्यक्ष यादवलाई गत वर्षको चुनावमा हराएका थिए । पछि भएको उपनिर्वाचनमा बाराबाट गठबन्धनको सहयोगमा यादवले चुनाव जितेका हुन् ।