मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न प्रधानमन्त्रीको अनुरोध

आइतबार, माघ ७ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न अनुरोध गरेका छन् ।

आईतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो अनुरोध गरे ।
रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मान्दिहाल्ने कुरा पनि छैन ।’

युगाण्डा भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीलाई भटेर नेपालीहरुलाई स्वदेश फर्काइदिन भनेको जानकारी प्रधानमन्त्री प्रचण्डले गराए । ‘रुसलाई नोट पठाइएको छ । परराष्ट्रमन्त्रीज्युले पटक–पटक यो विषयमा कुरा गर्नुभएको छ । युक्रेनसँग, रुससँग । अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ,’ उनले भने ।

अझ बाटो छलेर जाने तरिका गलत भएको चेतना फैलाउन उनले अनुरोध गरे । यस विषयमा सरकार गम्भीर रहेको र सबै लाग्नुपर्ने पनि उनको भनाइ थियो ।