सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

बाग्लुङमा दुर्गा प्रसाईँमाथि मुक्का प्रहार

बिहिबार, माघ ४ २०८०

काठमाडौँ- बागलुङमा दुर्गा प्रसाईँमाथि बिहीबार मुक्का प्रहार भएको छ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेको प्रहरीले जानकारी दिएको छ।

बाग्लुङ प्रहरीका डिएसपी मदन केसीका अनुसार प्रसाईँलाई मुक्का हान्ने गौतमलाई नियन्त्रणमा लिइएको छ।

केसीले कार्यक्रममा सहभागी हुन आएका गौतमले प्रसाईँलाई आक्रमण गरेको जानकारी दिए।